ad ad

खेल


घाइते क्रिकेटर भण्डारीको उपचारका लागि सहयोगको अपिल

घाइते क्रिकेटर भण्डारीको उपचारका लागि सहयोगको अपिल

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ७:२८,

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका क्रिकेटर ललितसिंह भण्डारीको उपचारमा नेपाल क्रिकेट संघ (क्यानले) आर्थिक सहयोग गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले आफूहरुले सक्दो सहयोग गर्ने बताएका हुन्।

यस्तै भण्डारीको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले सहयोगका लागि अपिल गरेको छ। सिप्यानले घटनास्थलदेखि काठमाडौँ ल्याउन तथा उपचारमा सहयोग गर्ने अस्पताल, क्रिकेटर, शुभेच्छुकलगायत सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै भण्डारीको उपचारका लागि सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ।

भण्डारीको सहयोगका लागि सम्पूर्ण समर्थकलगायत सरोकारवालासमक्ष सिप्यानको बैंक खातामार्फत सहयोग रकम जम्मा गर्न अपिल गरेको छ। क्रिकेट प्लेयर्स एसोसिएसन नेपालको नाममा रहेको सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ‘खाता नम्बर खाता नम्बर ः ०० १००० २५२९ सीए’मा सहयोग गर्न सकिने सिप्यानले जनाएको छ।

आइतबार राति कञ्चनपुरस्थित झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि सोमबार काठमाडौं ल्याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .