ad ad

राजनीति


‘वाङ-जयशंकर वार्ताबाट सोचेभन्दा राम्रो परिणाम निस्कियो’

‘वाङ-जयशंकर वार्ताबाट सोचेभन्दा राम्रो परिणाम निस्कियो’

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार १०:३०,

सीमामा जारी सैन्य टक्करका बीच चीन र भारतका विदेशमन्त्रीबीच तनाव घटाउन पाँच बुँदे सहमति भएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यी र उनका समकक्षी एस जयशंकरबीच बिहीबार साँझ मस्कोमा दुई घण्टा लामो वार्ता भएको थियो। सांघाई कोअपरेसन अर्गनाइजेसनअन्तर्गतका विदेशमन्त्रीहरु अहिले मस्कोमा छन्।

‘सीमामा रहेको वर्तमान परिस्थिति दुवै देशको हितमा नरहेकोमा दुई विदेशमन्त्रीहरु सहमत भएका छन्। त्यसकारण उनीहरु सीमामा खटिएका दुवै पक्षका सैनिकबीच संवाद जारी राख्न, निश्चित दूरी कायम राख्न र तनाव कम गर्न सहमत भएका छन्,’ शुक्रबार बिहान जारी संयुक्त वक्तव्यमा भनिएको छ।

त्यस्तै हालसम्मका सहमति सम्झौता पालना गर्ने, शान्तिका लागि संवादलाई निरन्तरता दिने लगायतका सहमति पनि भएका छन्।

तर, के यो सहमतिसँगै दुई देशबीच युद्धको खतरा टरेको हो त?

यो सहमति निकै महत्वपूर्ण भए पनि सीमामा के हुन्छ त्यसले बढी अर्थ राख्ने विश्लेषकहरु बताउँछन्। अहिले नै युद्धको खतरा टरेको हो या होइन भनेर किटान गर्न हतार हुने उनीहरुको भनाइ छ।

यद्यपि वाङ–जयशंकर वार्ताको परिणाम सोचेभन्दा राम्रो भएको पनि केही विद्वानले तर्क गरेका छन्। किनभने चीन–भारत तनावमा कूटनीतिको स्थान खुम्चिँदै गइरहेको बेला यसले संवादलाई निरन्तरता दिने सुनिश्चितता गरेको छ।

सो वार्ताअघि चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले युद्ध रोक्ने यो अन्तिम अन्तिम मौका भएको बताएका थिए।

‘यो महत्वपूर्ण सहमति हो। तर आगामी हप्ता तथा महिनामा के हुन्छ, त्यो हेरौँ। ती घटना बढी महत्वपूर्ण हुनेछन्,’ अमेरिकाको ब्लुमिङटनस्थित इन्डियाना युनिभर्सिटीका प्राध्यापक सुमित गांगुलीको भनाइ अल जजिराले उधृत गरेको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .