ad ad

राजनीति


काठमाडौंका २० सांसद भन्छन्: स्थानीय पूर्वाधारको पैसा आइसोलेसन बनाउन र कोरोना नियन्त्रणमा लगाउँ

काठमाडौंका २० सांसद भन्छन्: स्थानीय पूर्वाधारको पैसा आइसोलेसन बनाउन र कोरोना नियन्त्रणमा लगाउँ

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार ९:५२,

काठमाडौंबाट संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न दलका सांसदहरुले आर्थिक वर्ष २०७६–७७ काे स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि विनियोजित गरिएको बाँकी रकम र २०७७–७८ को विनियोजित रकम मध्येबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड लगायत कोभिड–१९ नियन्त्रणको व्यवस्था गर्न आग्रह गरेका छन्।

ती सांसदहरुले भदौ ११ मा गरेको सो निर्णय शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएका छन्।

‘कोभिड १९ को कारणले जनस्वास्थ्यमा प्रभाव पर्नुका साथै दैनिक ज्यालादारीमा मजदुरी गर्ने श्रमिक, शैक्षिक संस्था, आम उपभोक्ता वर्ग तथा कोरोना नियन्त्रण रोकथामतर्फ सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहितको समस्या र तिनको व्यवस्थापनमा भइरहेका बेथितिको सम्बोधन गर्ने गरी कोभिडको अवस्था र प्रभावलाई मात्र अनुगमन गर्ने गरी सरकारलाई राय सुझाव दिन संसदीय समिति गठन गर्न पहल गर्ने,’ ती सांसदहरुले दिएको ध्यानाकर्षण पत्रमा भनिएको छ।

यसरी दिइएको ध्यानाकर्षण पत्रमा काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसदहरु माधवकुमार नेपाल, प्रकाशमान सिंह, शशि श्रेष्ठ, गगनकुमार थापा, राजेन्द्रप्रसाद श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, कृष्णबहादुर राई, राजेन्द्र केसी, बिन्दा पाण्डे, रामकुमारी झाक्री, दिब्यमणिराज भण्डारी, सरिता न्यौपाने, बिना श्रेष्ठ, अन्जना विशंखे, मायादेवी न्यौपाने, मुकुन्द न्यौपाने, रेनुका गुरुङ, सुजिता शाक्य र भिमसेनदास प्रधान छन्।

सांसदहरुले सभामुख सापकोटालाई बुझाएको ध्यानाकर्षण पत्र:

ktm-MPs-1.jpg

ktm-MPs-2.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .