टाइम्स अफ इन्डियाका अनुसार ती उच्च अधिकारीले बुधबार चिनियाँ रबाफको जवाफ भारतले दिने बताएका हुन्।
४५ वर्षमा पहिलोपटक सिमानामा गोली चलेपछि भारतीय अधिकारीले यस्तो चेतावनी दिएको हो।
सोक्रममा उनले उच्च पहाडी क्षेत्रमा चिनको उत्तेजक गतिविधिको प्रतिरोध गर्न भारतीय सेनाले आफ्नो अवस्था सुदृढ गरेको पनि बताए।
हालै सिमानामा दुवै देशका सेनाले गोली समेत चलाएका थिए। उनीहरुले पहिले गोली चलाएको विषयमा एकअर्कालाई आरोप लगाएका छन्।
गत जुन यता चीन र भारतबीचको सीमा विवाद चर्कँदै गएको छ। जुन १५ मा विवादित लगवान उपत्यकामा दुई देशका सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।
त्यसयता दुवै देशको सीमानामा सेनाहरु बढाएर तैनाथ गरिएको छ। दुवै देशका सेनाहरु अत्याधुनिक हतियारका साथ तयारी अवस्थामा भएको बताइन्छ।
यसबीचमा चीन र भारतका कमाण्डरबीच विवाद साम्य बनाउने हिसाबले वार्ता पनि भइरहेका छन्।
हालैमात्र रुसमा चीन र भारतका रक्षामन्त्रीले पनि सीमा विवाद साम्य बनाउने सहमति गरेका छन्। आज बिहीबार पनि चीन र भारतबीच रुसमा विदेशमन्त्रीस्तरीय वार्ता हुँदैछ। एजेन्सी

प्रतिक्रिया