राजनीति


भारतीय प्रधानमन्त्री मोदी भुटान जाने

भारतीय प्रधानमन्त्री मोदी  भुटान जाने

नेपालखबर
साउन ६, २०७६ सोमबार १२:४९,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अगष्टमा दुई दिने औपचारिक भ्रमणका लागि भुटान जाने भएका भएका छन्।

यस भ्रमणले ‘छिमेक पहिलो’ नीतिप्रति भारत सरकारको उच्च प्राथमिकतालाई प्रतिबिम्बित गर्ने भारतीय अधिकारीहरुले बताएका छन्।

दुबै देशबीच रहेको विशिष्ट सम्बन्ध प्रधानमन्त्री मोदीको भ्रमणबाट थप गतिशील र प्रगाढ हुने विश्वास लिइएको छ।

गत महिना, भारतीय विदेशमन्त्री एस जयशंकरले भुटनाको दुई दिने भ्रमण गरेका थिए। यो उनको विदेशमन्त्रीको हैसियतमा पहिलो औपचारिक भ्रमण थियो।

उक्त भ्रमणका क्रममा जयशंकरले भुटानी प्रधानमन्त्री लोटे छिरिङसँग भेटवार्ता गरी द्विपक्षीय सहयोगलाई अझ गति दिनेबारे छलफ गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। रासस–एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .