कारोबार


‘प्रभु इजी फोरेक्स’ एपबाटै विदेशी मुद्रा सटहीको आवेदन दिन सकिने

‘प्रभु इजी फोरेक्स’ एपबाटै विदेशी मुद्रा सटहीको आवेदन दिन सकिने

नेपालखबर
साउन ६, २०७६ सोमबार १२:४१,

विदेशी मुद्रा सटहीको लागि प्रभु बैंकले ‘प्रभु इजी फोरेक्स’ नामक मोबाइल एप्लिकेसन ल्याएको छ। ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा वैदेशिक मुद्रा सटही सुविधालार्इ मोबाइलमार्फत अनलाइन आवेदन गर्न सकिने एप्लिकेसन आजदेखि सञ्चालनमा ल्याएको हो।

रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनको लागि हाल विदेश भ्रमण गर्नेको संख्या दिनानुदिन बढ्दै गइरहेको र व्यस्त दैनिकीका बाबजुद पनि बैंकसम्मै पुगेर सटहीको आवेदन गरी वैदेशिक मुद्रा लिनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा उक्त झण्झटिलो तथा लामो प्रक्रियालाई प्रविधिमैत्री तथा सरलीकृत गर्नको लागि उक्त एप्लिकेसन अति नै उपयोगी हुने विश्वास लिइएको प्रभु बैंकका सीर्इओ अशोक शेरचनले जानकारी गराए।

उक्त एप्लिकेसन मोबाइल एप हाल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिनेछ भने एप स्टोरमा समेत चाडै उपलब्ध हुनेछ। उक्त एप्लिकेसनमार्फत वैदेशिक मुद्रा सटहीको लागि अनलाइन आवेदन गर्न सकिने प्रभु बैंकले जानकारी गराएको हो। आवेदकलाइ बैंकबाट केही समयभित्रै एसएमएसमार्फत सटहीको कन्फर्मेसन प्रदान गरिनेछ तत्पश्चात् आवेदकले आफ्नो अनुकूल समयमा तोकिएको शाखा तथा काउण्टरबाट वैदेशिक मुद्रा संकलन गर्न सक्नेछन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बैंकको काउण्टरबाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था रहेको बैंकले जानकारी गराएको हो। प्रभु बैंकले सञ्चालनमा ल्याएको यो मोबाइल एपबाट ग्राहकको समय बचत हुने तथा विना झण्झट अनलाइन गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले ग्राहकहरुले यसबाट अधिकतम् लाभ लिन सक्ने बैंकले जनाएको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .