ad ad

राजनीति


सांसद महेश बस्नेतले दिए प्रहरीलाई मोटरसाइकल

सांसद महेश बस्नेतले दिए प्रहरीलाई मोटरसाइकल

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ६:१०,

सत्तारुढ दल नेकपाका संसद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रहरीलाई मोटरसाइकल प्रदान गरेका छन्।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन सांसद बस्नेतले सूर्यविनायक नगरपालिका–७, गुण्डु प्रहरी प्रभागमा कार्यरत प्रहरीलाई बुधबार मोटरसाइकल प्रदान गरेका हुन्।

मोटरसाइकल हस्तान्तरण गर्दै सांसद बस्नेतले कोरोनाको संक्रमण रोकथाममा गुण्डुस्थित चौकीका प्रहरीहरुको भूमिकालाई अझ प्रभावकारी बनाउन आफ्नो निजी मोटरसाइकल हस्तान्तरण गरेको बताए। उनले कोरोना महामारीको संक्रमण समुदायस्तरमा थप फैलिन नदिन संघ, प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य कर्मी, प्रहरीको सक्रियता र भूमिका महत्वपूर्ण रहनुपर्ने बताए।

संसद बस्नेतले अग्रभागमा रहेर काम गर्न प्रहरीलाई थप यसबाट सहज हुने विश्वास व्यक्त गरे।

सांसद बस्नेतले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै कोरोना नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .