ad ad

समाज


कोरोनासँग लड्ने शक्ति बढाउन सहयोग गर्ने गुर्जाेका यी हुन् ५ फाइदा

कोरोनासँग लड्ने शक्ति बढाउन सहयोग गर्ने गुर्जाेका यी हुन् ५ फाइदा

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ६:६,

कुनै पनि भाइरसलाई जित्न शरीरभित्र रोग प्रतिरोधात्मक शक्ति (इम्युनिटी पावर) हुन जरुरी छ।

यसर्थ अहिले विश्वभर महामारी बनिरहेको कोरोना भाइरससँग लड्न पनि त्यही ‘पावर’ मजबुत बनाउन विज्ञले सल्लाह दिइरहेका छन्।

अतः अहिले मानिस आफ्नो प्रतिरक्षा शक्ति सशक्त पार्न विभिन्न प्रयास गरिरहेका छन्। यसका विभिन्न उपायमध्ये सबैभन्दा सस्तो र सजिलो उपाय गुर्जाे सेवन भएको विज्ञ बताउँछन्। 

विज्ञका अनुसार गुर्जोका पात पानीमा उमालेर पिएमा रोग प्रतिरोधात्मक शक्ति बढ्छ। साथै यसका पातलाई विभिन्न फलफूलको रससँग मिसाई जुस पनि बनाउन सकिन्छ।

गुर्जोका पातमा क्याल्सियम, प्रोटिन, फस्फोरसजस्ता शरीरलाई फाइदा गर्ने तत्व प्रशस्त पाइन्छ। साथै यसमा स्टार्च पनि पर्याप्त हुन्छ।

गुर्जाेका पातबाट बनाइने जुसले मेटाबोलिज्म सिस्टम बढाउने, ज्वरो, रुघाखोकी र पेटका समस्यासहित अन्य ठूला रोगबाट समेत बचाउँछ। गुर्जाेलाई तातो पानी, जुस, काडा चिया वा कफी बनाएर पनि पिउन सकिन्छ।

आयुर्वेदिक औषधि मानिने गुर्जाेले गर्ने यी हुन् अन्य ५ फाइदा-
१. गुर्जाेको जुसले एनिमिया पनि कम गराउँछ। यसमा घिउ र मह मिसाएर पिउँदा रगतको कमी हुनबाट बचाउँछ।

२. गुर्जोका पातलाई चूर्ण बनाएर, पानीमा उमालेर वा पिसेर महमा मिसाएर खाँदा पहेंले रोगमा समेत निकै फाइदा पुर्‍याउँछ।

३. हात/खुट्टामा एलर्जी भएमा गुर्जोका पातलाई खानामा मिसाएर खाँदा तथा पात पिसेर पेस्ट बनाई हातखुट्टामा लगाउँदा छिट्टै निको हुन्छ।

४. गुर्जोले ग्यास्ट्रिक, कब्जियत र अपचजस्ता पेटसम्बन्धी थुप्रै रोगमा फाइदा गर्छ।

५. गुर्जो सेवनले चिसो, रुघाखोकी लागेको तथा धेरै दिनको ज्वरोसमेत निको पार्न मद्दत गर्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .