राजनीति


स्वास्थ्य अवस्था बिग्रिएपछि जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा

स्वास्थ्य अवस्था बिग्रिएपछि जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ९:७,

शुक्रबार स्वास्थ्य अवस्था बिग्रँदै गरेका ६५ वर्षका प्रधानमन्त्री आबेले सरकारको काम कारवाहीमा अवरोध गर्न नचाहेको बताउँदै राजीनामा दिएको सीएनएनले जनाएको छ।

हालै मात्र आबे दुईपटक अस्पताल भर्ना भएका थिए। उनलाई जीर्ण रोग अल्सरेटिभ कोलाइटिस लागेको जनाइएको छ।

उनको रोग पेट, आन्द्रा र पाचन प्रणालीसँग सम्बन्धित छ।

सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहेका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुन्। ‍

उनको पदावधि सन् २०२१ सम्म थियो। तर, कार्यकाल पुरा गर्न नपाउँदै उनले राजीनामा दिएका हुन्। ‍

यसअघि उनको दल लिबिरल डेमोक्रेटिक पार्टीले आबेले प्रधानमन्त्री पदत्याग गर्ने मनस्थिति बनाएको पुष्टि गरेको थियो।

लामो समयदेखि आन्द्राको समस्याबाट पीडित उनको अवस्था यतिबेला गम्भीर बन्दै गएको अनुमान छ।

बीबीसीका अनुसार सन् २००७ मा पनि प्रधानमन्त्री रहँदा आबेले यसै रोगका कारण प्रधानमन्त्री पद त्यागेका थिए। यस रोगबाट उनी किशोरावस्थाबाटै पीडित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad