विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै कामना सेवा बैंकले सुरिया हेल्थ केयर प्रालिसँग सहकार्य गरेको छ।
सहकार्यअनुसार बैंकका ग्राहकले विशेष छुटका साथ सहुलियत दरमा पीसीआर परीक्षण गराउन पाउने बैंकले जनाएको छ।
बैंक र हेल्थ केयरको यस सहमतिअनुरुप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले सूरिया हेल्थ केयरमा कोरोना संक्रमणसम्बन्धी गरिने पीसीआर परीक्षण गर्दा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्ने भएका हुन्।
सहमतिअनुसार ग्राहकले आर्थिक सहुलियतसहित सहज रुपमा कोरोना परीक्षण गरी लाभ लिनसक्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया