ad ad

राजनीति


स्वास्थ्यमन्त्रीलाई विज्ञले दिए यस्ता सुझाव

स्वास्थ्यमन्त्रीलाई विज्ञले दिए यस्ता सुझाव

नेपालखबर
भदौ १०, २०७७ बुधबार १५:५,

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेका छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्चअधिकारीसहित मन्त्री ढकालले भर्चुअल माध्यमबाट विज्ञहरूसँग छलफल गरेका हुन्।

तयस क्रममा मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझावको अपेक्षा राखेका बताए। मन्त्री ढकालले कोभिड १९ नियन्त्रणमा देखा परेका चुनौतिको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताए। कोरोनाविरूद्ध पहिलो भागमा राखेर खटिरहेका चिकित्सक, नर्स, स्वास्थयकर्मी, सुरक्षाकर्मी लगायतलाइ धन्यवाद दिँदै सबैले उनीहरूको हौसला बढाउनुपर्ने बताए।

छलफलमा सहभागी हुँदै डा महेश मास्केले सूचना व्यवस्थापन राम्रोसँग गर्नुपर्ने बताए। उनले कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर नगएको भन्दै संक्रमितिको संख्या धेरै देखिए पनि संक्रमणको दर घट्दो क्रममा रहेको बताए। उनले कोरोना नियन्त्रणका लागि मन्त्रालयले गरेको प्रयास प्रभावकारी रहेको भन्दै सबैले सरकारको अभियानमा सहयोग गर्नुपर्ने बताए।

यस्तै, प्राडा जीवन शेरचनले मास्क ठूलो मात्रामा उत्पादन गरेर जनतामा वितरण गर्नुपर्ने बताए। उनले कतिपय नागरिक मास्क किन्न सक्ने हैसियतमा समेत नरहेको भन्दै उनीहरू पनि घरबाहिर निस्कनु पर्ने र काममा जानुपर्ने अवस्था रहेको भन्दै मास्क सरकारले निशुल्क वितरणको व्यवस्था मिलाउनुपर्ने बताए। उनले नमुना परीक्षणको नतिजा अझै छिटो र व्यवस्थित रूपमा दिनुपर्ने बताए।

छलफलमा सहभागी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका प्रा डा भगवान कोइरालालले दशैँ लगायतका महत्वपूर्ण चाड नजिकै आइसकेको सन्दर्भमा प्रोटोकल बनाएर नागरिकहरूलाइ सहजिकरण गर्नुपर्ने बताए। उनले अस्पताल संक्रमण रोकथामको काम गर्दै प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक बनाउनुपर्नेमा जोड दिए।

छलफलमा नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा अलि बढी ध्यान दिनुपर्ने बताए।

टेकु अस्पतालका डा. अनुप बास्तोलाले भेन्टिलेटरमा जाने भन्दा पनि अक्सिजन थेरापीलाइ महत्वका साथ अघि बढाउनुपर्ने बताए। उनले अक्सिजन थेरामी भेन्टिलेटर भन्दा राम्रो र प्रभावकारी रहेको बताए।

छलफलमा स्वास्थ्य मन्त्रालयकाका तर्फबाट सचिव लक्ष्मण अर्याल, मन्त्रीका सल्लाहकार डा खेमबहादुर कार्की, सहसचिव डा गुणराज लोहनी, प्रवक्ता प्रा डा जागेश्वर गौतम, डा गुणनीधि शर्मा लगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .