ad ad

राजनीति


अमेरिकालाई चेतावनी दिन चीनद्वारा दुई वटा क्षेप्यास्त्र प्रहार

अमेरिकालाई चेतावनी दिन चीनद्वारा दुई वटा क्षेप्यास्त्र प्रहार

नेपालखबर
भदौ १०, २०७७ बुधबार १४:४२,

चीनले बुधबार बिहान अमेरिकालाई चेतावनी दिन भन्दै दक्षिण चीन सागरमा दुई वटा मध्यम दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ।

चिनियाँ सैनिकहरुको अभ्यासलाई बिथोल्नेगरी अमेरिकी जासुसी विमानउत्तरी किनाराको ‘नो फ्लाइ जोन’ मा प्रवेश गरेको एक दिनपछि चिनियाँ सेनाले क्षेप्यास्त्र प्रहार गरेको हो।

एउटा डीएफ–२६बी क्षेप्यास्त्र उत्तरपश्चिमी प्रान्त छिङहाइबाट प्रहार गरिएको थियो। त्यस्तै अर्को डीएफ–२१डी क्षेप्यास्त्र पूर्वको झेजियाङ प्रान्तबाट प्रहार गरिएको जनमुक्ति सेना स्रोतले जनाएको छ।

दुवै क्षेप्यास्त्र हाइनान प्रान्तको दक्षिणपूर्वी समुद्रमा प्रहार गरिएको थियो।

डीएफ–२६ क्षेप्यास्त्रले ४ हजार किलोमिटरसम्म मार हान्न सक्छ। यो आणविक र गैरआणविक दुवै आक्रमणमा प्रयोग हुन्छ।

डीएफ–२१ क्षेप्यास्त्रले १८ सय किलोमिटरसम्म निसाना लगाउन सक्छ। यो विश्वको पहिलो एन्टीसिप ब्यालिस्टिक क्षेप्यास्त्र भएको जनाइएको छ।

‘चिनियाँ विमान र सैन्य जहाज बारम्बार आएर जोखिम बढाएपछि त्यसको जवाफमा क्षेप्यास्त्र प्रहार गरिएको हो,’ स्रोतलाई उल्लेख गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ, ‘छिमेकी मुलुकहरुले बेइजिङको उदेश्यलाई गलत तरिकाले नबुझून्।’ एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .