ad ad

राजनीति


भारतले चीनसँगको सीमामा सोल्जर–फायर्ड एयर डिफेन्स मिसाइल तैनाथ गर्‍यो

भारतले चीनसँगको सीमामा सोल्जर–फायर्ड एयर डिफेन्स मिसाइल तैनाथ गर्‍यो

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १०:०,

पूर्वी लद्दाखको सिमानामा भारतीय सेनाले काँधमा राखेर क्षेप्यास्त्र प्रहार गर्नसक्ने हतियार तैनाथ गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

एएनआईका अनुसार भारतीय सेनाहरुसँग रुसमा बनेका सोल्जर–फायर्ड एयर डिफेन्स मिसाइल छन् जसले भारतीय हवाई क्षेत्रमा घुस्न खोज्ने जुनसुकै विमानलाई आक्रमण गरेर खसाउन सक्छ।

भारतले पछिल्लो समय आफ्नो राडर प्रणालीलाई पनि मजबुत बनाएको बताइएको छ। दुश्मनको विमानहरु भारतीय क्षेत्रमा पस्न खोजे त्यस्ता विमानलाई तत्काल ट्र्याक गरिने र आक्रमण गरिने बताइएको छ।

हालै चिनियाँ सेनाका हेलिकप्टरले हवाई क्षेत्रको निमय तोडेको बताउँदै भारते सो क्षेत्रमा एसयू–३० एमकेआई युद्धक विमान तैनाथ गरेको बताइएको छ।

गत जुन १५ मा गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप भएयता दुई देशबीचको सीमा विवाद उत्कृर्षमा पुगेको छ।

दुवै देशबीच पछिल्लो समय विवाद साम्य बनाउने विषयमा छलफल पनि जारी छ। यद्यपी छलफलले विवादलाई समाधान गर्न सकेको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .