ad ad

कारोबार


पर्यटनमन्त्रीले भने– आन्तरिक उडान तत्कालै सञ्चालन हुने अवस्था छैन

पर्यटनमन्त्रीले भने– आन्तरिक उडान तत्कालै सञ्चालन हुने अवस्था छैन

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ९:५६,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक उडान तत्कालै चल्ने अवस्था नभएको बताएका छन्। मन्त्री भट्टराईले आर्थिक वर्ष २०७६/०७७ को प्रगतिपुस्तिका सार्वजनिक कार्यक्रममा उक्त कुरा बताएका हुन्।

उनले कोभिड १९का संक्रमितको अवस्था बढ्दै जाँदा आन्तरिक उडान अनिश्चित भएको बताए।

‘कोभिडका संक्रमितको संख्या बढ्दै जाँदा तत्काल आन्तरिक उडान गर्ने सम्भावना छैन’, भट्टराईले भने, ‘पहाडी र हिमाली क्षेत्रमा उडान गर्न सकिन्छ कि भनेर छलफल गर्दै छौँ।’

उनले मन्त्रालय आन्तरिक उडान खोल्ने कुरामा सकारात्मक भए पनि कोभिडको जोखिमलाई ख्याल गर्दै अघि बढ्ने बताए। उनले चाडपर्वनजिकै आएको भन्दै आन्तरिक उडान खोल्ने अवस्था भने आएको बताए।

त्यस्तै अन्तर्राष्ट्रिय उडानमा दैनिक ५ सय मात्रै आउन पाउने संख्या कम भएको स्वीकार गर्दै जोखिमलाई पनि ख्याल गर्दै संख्या बढाउने उनको भनाइ छ।

‘हवाइ यात्रुले सरकारले बनाएको नियम मान्ने र संक्रमितको संख्या बढेन भने ५ सयभन्दा बढीलाई पनि व्यवस्थापन गर्न सक्छौँ’, उनले भने ।

वायुसेवा सञ्चालक संघले भदौ १६ गतेबाटै आन्तरिक उडान नखोले आन्दोलन गर्ने चेतावनी दिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .