राजनीति


जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस

जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस

नेपालखबर
भदौ २, २०७७ मंगलबार १:४४,

सरकारले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयमा कार्यरत वरिष्ठ सहसचिवबाट क्रमशः गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई राजदूतमा सिफारिस गरेको हो।

राजभण्डारी हाल प्रमुख शिष्टाचार महापाल, अधिकारी दक्षिणपूर्वी एसिया प्रमुख र खड्का राहदानी महाशाखामा महानिर्देशक छन्।

राजदूत पद खालि हुनुभन्दा ३ महिनाअघि सिफारिस गर्न सकिने प्रावधानअनुसार परराष्ट्र सरकारले वरीयताका आधारमा नाम पठाएको हो।

हाल पाकिस्तानमा परराष्ट्रकै सेवा लम्साल, जर्मनीमा रमेशप्रसाद खनाल र बेल्जियममा लोकबहादुर थापा कार्यरत छन्। उनीहरूमध्ये लम्साल र खनालको ४ वर्षे पदावधि यही भदौ मसान्तमा सकिँदैछ भने थापाको कात्तिक तेस्रो साता।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad