ad ad

राजनीति


बैरागी र क्वात्राको नेतृत्वमा नेपाल–भारत अनुगमन संयन्त्रको बैठक हुँदै

बैरागी र क्वात्राको नेतृत्वमा नेपाल–भारत अनुगमन संयन्त्रको बैठक हुँदै

नेपालखबर
भदौ १, २०७७ सोमबार ३:६,

सीमा विवादले सिर्जना गरेको चार महिना लामो तनावपछि आज (सोमबार) नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको भर्चुअल बैठक बस्दै छ।

द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाबारे समीक्षा गर्न बस्ने यो आठौं बैठकको नेतृत्व परराष्ट्र सचिव शंकर बैरागीले गर्नेछन् भने भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले। 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बैठकमा विशेषगरी भारतको सहयोगमा सञ्चालन भइरहेका परियोजना कार्यान्वयनका विषयमा छलफल गरिनेछ।

संयन्त्रको सातौं बैठक २०१९ जुलाई ८ मा काठमाडौंमा भएको थियो।

२०१६ सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने क्रममा भएको सहमतिअनुसार संयन्त्र गठन गरिएको हो।

जसको काम भारतीय सहयोगमा सञ्चालित हुलाकी राजमार्ग, अन्तरदेशीय रेलमार्गलगायत परियोजना वर्षाैँसम्म सम्पन्न नहुनेजस्ता समस्या समाधान गर्नु हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .