ad ad

राजनीति


एनसेलको टावरमा आगजनी गरेको आरोपमा विप्लवका जिल्ला नेता पक्राउ

एनसेलको टावरमा आगजनी गरेको आरोपमा विप्लवका जिल्ला नेता पक्राउ

नेपालखबर
साउन ३२, २०७७ आइतबार ६:२९,

नेत्रविक्रम चन्द समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लामा रहेका विभिन्न ठाउँका एनसेलको टावरमा आगजनी तथा क्षति गरेको आरोपमा बोहरालाई बडिकेदार गाउँपालिका–१ बीपीनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकराज पाण्डेले बताए।

‘बोहरालाई एनसेल टावरमा आगजनी र क्षतिलगायतका गतिविधि गरेको भन्ने उजुरीका आधारमा हामीले खोजी गरिरहेका थियौँ’, पाण्डेले भने, ‘बीपीनगरमा फेला परेपछि आवश्यक अनुसन्धानका लागि पक्राउ गरेका हौँ।’

पक्राउ परेका बोहरासँग एनसेलमा गरिएको क्षतिलगायत अन्य गतिविधिका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .