ad ad

समाज


पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा

पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा

नेपालखबर
साउन ३२, २०७७ आइतबार ६:२०,

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आइतबार बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार बैठकमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको बरालले बताए।

उनले भने, ‘कोरोनाको महामारी फैलिएको छ। अब निषेधाज्ञा जारी नगरे हिँडडुल रोक्न सकिएला जस्तो छैन।’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पूर्वी चितवनका चारवटा नगरपालिकाले संयुक्त बैठक बसेर निषेधाज्ञाको अनुरोध गरेको बताए।

यससँगै प्रशासनले आजै सूचना जारी गरी निषेधाज्ञा गर्ने भएको छ। त्यस्तै बैठकले बकुलहर रत्ननगर अस्पतालमा कोरोना आइसोलेसन बनाउने र रत्ननगरमा कोरोना परीक्षणको लागि प्रयोगशाला माग गर्ने निर्णय गरेको बरालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .