राजनीति


उपत्यकामा चहलपहल थप कडाइ, ९ वटा अनुगमन टोली परिचालन

उपत्यकामा चहलपहल थप कडाइ, ९ वटा अनुगमन टोली परिचालन

नेपालखबर
साउन २९, २०७७ बिहिबार १४:५१,

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गर्ने भएको छ। सवारी पास लगायत अत्यावश्यक बाहेकका कार्यालय सञ्चालनमा रोक लगाएको सरकारले उपत्यकासहित सबै जिल्लामा थप कडाइ गर्ने भएको हो।

गृह मन्त्रालयका अनुसार उपत्यकाभित्र काठमाडौंमा ५ वटा, ललितपुर र भक्तपुर जिल्लामा ४/४ वटा अनुगमन टोली परिचालन गरीएको छ। सरकारको निर्णय कार्यन्वयन भए नभएको अनुगमन गरी कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ।

यस्तै, अनुगमन टोली परिचालन गर्न र गृह मन्त्रालयलाई प्रगति विवरण पठाउन अन्य जिल्लाहरूलाई समेत निर्देशन दिइएको गृह मन्त्रालयले बिहीबार सुचना जारी गर्दै जनाएको छ।
काठमाडौं उपत्यका भित्र र २०० भन्दा बढी सक्रीय संक्रमित रहेका जिल्लामा सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागु गरिएको छ।

आवागमनको लागि तोकिएका सवारी साधनहरूमात्र चल्ने व्यवस्था मिलाउने, भौतिक दूरीको पालना गर्ने गराउने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गराउने लगायतका निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुगमन टोलीलाई भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad