राजनीति


अमेरिकाले हिन्द महासागरमा पठायो परमाणु बम हान्नसक्ने तीन वटा विमान

अमेरिकाले हिन्द महासागरमा पठायो परमाणु बम हान्नसक्ने तीन वटा विमान

नेपालखबर
साउन २९, २०७७ बिहिबार १४:५७,

चीनसँग तनाव बढिरहँदा अमेरिकाले आणविक बम प्रहार गर्न सक्ने तीन वटा बमवर्षक विमान हिन्द महासागरमा तैनाथ गरेको छ।

मालदिभ्सबाट १२ सय किलोमिटर टाढा रहेको हिन्द महासागस्थित डिएगो गार्सिया टापुमा बी–२ ए वमवर्षक विमान अमेरिकाले पठाएको हो। ती विमान मंगलबार मिजोरीस्थित ह्वाइटम्यान हवाई अड्डाबाट हिन्द महासागरतर्फ उडेका छन्।

सन् २०१६ पछि पहिलो पटक त्यहाँ बी–२ बमवर्षक विमान अमेरिकाले पठाएको हो।

अमेरिकाको यो कदम सैन्य शक्तिको प्रदर्शन भएको विज्ञहरुले बताएका छन्।

बी–२ बमवर्षक विमान विश्वकै सबैभन्दा अत्याधुनिक स्टिल्थ बमवर्षक विमान हो।

http___cdn.cnn.com_cnnnext_dam_assets_191203130527-gettyimages-52491242.jpg

यो संसारको सबैभन्दा महंगो विमान मानिन्छ। एउटा बी–२ बमवर्षकको मूल्य २ अर्ब डलरभन्दा बढी पर्ने बताइन्छ।

आणविक र गैरआणविक दुवैखाले हतियार बोक्न सक्ने यो विमान अमेरिकी सेनाको सबैभन्दा महत्वपूर्ण हतियारमध्ये एक हो। मिजोरीमा रहेको अमेरिकी सेनाको ह्वाइटम्यान अखडामा २० वटा यस्ता विमान परिचालित छन्।

पछिल्लो समय अमेरिका र चीनबीच तनाव बढिरहेको छ। केही सातायता चिनियाँ सेनाले युद्धअभ्यासको क्रमलाई व्यापक मात्रामा बढाएको छ।

आगामी सोमबारदेखि नै ताइवाननजिक झुसान टापुमा चिनियाँ सेनाले दुई दिने सैन्य अभ्यास सुरु गर्दैछ। एससीएमपी

यो पनि :

यी हुन् अमेरिकाका सबैभन्दा शक्तिशाली हतियार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad