प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डसामु पार्टीको विवाद समाधानका लागि विभिन्न प्रस्ताव अघि सारेका छन्।
आफूलाई पाँचै वर्ष प्रधानमन्त्रीको पद छाडिदिन आग्रह गर्दै ओलीले त्यसको बदलामा सरकारका महत्वपूर्ण निर्णयहरु सचिवालयबाट अनुमोदन गराउने प्रस्ताव राखेका छन्।
त्यस्तै, उनले केन्द्र र प्रदेश दुवैको मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पनि राखेका छन्।
ओलीले पार्टी सञ्चालनको सबैजसो अधिकार पनि प्रचण्डलाई दिने वाचा गरेका छन्।
ओलीको प्रस्ताव आएपछि सचिवालयका चार सदस्यहरु सो प्रस्तावमाथि छलफल गर्न भेला भएका छन्।
छलफलमा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पनि सहभागी छन्।

प्रतिक्रिया