गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार पर्सा, धादिङ र अछामका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो।
साउन २५ गते मात्रै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको ललितपुर सरुवा भएको थियो।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई गृह मन्त्रालयमा सरुवा गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी आशमान तामाङलाई पर्सा पठाइएको छ।
अछाममा प्रजिअ गोकर्णप्रसाद उपाध्ययलाई सरुवा गरिएको छ भने अछामका प्रजिअ पुण्यविक्रम पौडेलको धादिङमा सरुवा भएको छ।
यसअघि २५ गते ७ जिल्लाका सीडीओसहित १६ कर्मचारीको गृहले सरुवा गरेको थियो।

प्रतिक्रिया