अमेरिकामा आउँदो नोभेम्बरका लागि तय गरिएको चुनावमा भारतीय मूलकी सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको छ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिस्पर्धीका रूपमा आगामी राष्ट्रपतिका लागि डेमेक्र्याटिक पार्टीबाट उम्मेदवार बनेका जो बाइडेनले हिन्दू धर्मावलम्बी ह्यारिसलाई आफ्ना तर्फबाट उपराष्ट्रपति पदमा उम्मेद्वार बनाउने भएका हुन्।
ह्यारिस, उपराष्ट्रपति पदको उम्मेद्वार बन्ने पहिलो अश्वेत तथा एसियाली (भारतीय) मूलकी अमेरिकी नागरिक हुनेछिन्। उनका आमा भारतीय मूलकी र बुबा जमइकन मूलका हुन्। बीबीसी

प्रतिक्रिया