ad ad

राजनीति


जनता समाजवादी पार्टीको समायोजन निर्देशिका पारित

जनता समाजवादी पार्टीको समायोजन निर्देशिका पारित

नेपालखबर
साउन २५, २०७७ आइतबार १३:९,

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित गरेको छ।

बुधबारबाट सुरु भइ शनिबार सम्पन्न बैठकले पार्टी एकताको आन्तरिक समायोजन निर्देशिका पारित गरेको हो। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको आन्तरिक समायोजनको निर्देशिका पारित गरेको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताए। निर्देशिकाले पार्टीको समायोजन कसरी गर्ने, समायोजनका आधार के हुने भन्ने विषयमा टुंगो लगाएको हो।

निर्देशिका जारी भएपछि अब पार्टीका अन्य पदाधिकारी चयनको बाटो खुलेको छ। जसपाले तत्कालित समाजवादी पार्टी र जसपाको क्रियाशील सदस्यता र निर्वाचनमा प्राप्त गरेको समानुपातिक मतका आधारमा समायोजन टुंगो लगाउने छ।

जसपाको बैठकले पछिल्लो समयमा सरकारले परराष्ट्र नीति सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ। भारतसँगको सम्बन्ध विगार्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै झाले चीन र भारत दुवै देशसँग सरकारले सन्तुलित सम्बन्ध कायम गरेर अगाडि बढ्न बैठकले सुझाव दिएको बताए।

बैठकले कोरोना प्रभावित क्षेत्रमा सरकारलाई प्रभावकारी उपस्थिति जनाउन पनि आग्रह गरेको छ। कोरोना भाइरसका कारण नेपालको कृषि क्षेत्र, रोजगारीको क्षेत्र, शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको ठहर गर्दै बैठकले त्यसको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .