ad ad

कला


एकै दिनमा नेपाललाई १७ विधामा १० फरक वर्ल्ड रेकर्ड

एकै दिनमा नेपाललाई १७ विधामा १० फरक वर्ल्ड रेकर्ड

नेपालखबर
साउन २५, २०७७ आइतबार १३:४०,

नेपाली गीत संगीतबाट फेरि एउटा इतिहास कायम भएको छ। यो इतिहास नेपालका लागि मात्र नभएर विश्वका लागि गीतकार डा. डि आर उपाध्यायले कायम गरेका छन्।

१२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना मात्र गिनिज अफ वर्ल्ड रेकर्ड राखेका गीतकार डा. उपाध्यायले यतीबेला फेरि १७ फरक विधामा विश्व किर्तिमानी कायम गरेका छन्।

आइतबार राजधानीमा एक समारोहबीच सामाजिक दुरी कायम गर्दै डा. उपाध्यायलाई श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादबले यी १७ वटा विधामा वर्ल्ड रेकर्डको सर्टिफिकेट प्रदान गरेका छन्।

‘यसरी एकै दिन फरक १७ विधामा १० ओटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पहिलो व्यक्ति हुन्। यो व्यक्ति नभएर समग्र नेपालकै लागि गौरवको कुरा हो’ मन्त्री यादबले कार्यक्रममा भने।

उनले यसपटक १७ वटा विधामा एउटा मात्र हैन, १० वटा फरक फरक विश्व रेकर्ड कम्पनीबाट वर्ल्ड रेकर्ड कायम गरेका हुन्। उनले अमेरिकन बुक अफ रेकर्ड, एशियन वर्ल्ड रेकर्ड, च्याम्पिएन बुक अफ वर्ल्ड रेकर्ड, द ब्रिटिस वर्ल्ड रेकर्ड, वर्ल्ड बुक अफ रेकर्ड युनाईटेड किङडम, युरोपियन रेकर्ड बुक, युआरएफ वर्ल्ड रेकर्ड, एस्क्युसिभ वर्ल्ड रेकर्ड, एभरेष्ट वर्ल्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम एशियन रेकर्डमा १७/१७ विधामा एकसाथ वर्ल्ड रेकर्ड बनाएका छन्। यी १० कम्पनीबाट उनले १७० वटा वर्ल्ड रेकर्डको सर्टिफिकेट प्राप्त गरेका छन्। वर्ल्ड रेकर्ड प्राप्त गरेका १७ वटा फरक विधा यस प्रकार छन्।

१.नारी एवम् पुरुषले दुवै प्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र ब्यबहार गर्नुपर्छ भन्ने एक एक लाइनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाइनको गीत।
२. एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द शब्दको गीत
३. सांकेतिक भाषा (साइन ल्यांग्वेज) द्वारा गीतको शब्दले के भनेको हो, परिभाषित गरेको।
४. हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिहरुको नाम कामबारे बनाईएको गीत
५. अक्षर अक्षरको गीत एउटा अक्षर पुरुष र अर्को नारी।
६. तीनवटा सप्तक बनेको गीत
७. सगरमाथा हिमाल आरोहण गर्नेहरुकोे अत्याधिक नामबाट गीत
८. प्रकाशन भएका धेरै उपन्यासको नामबाट गीत
९. संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरे पटक प्रयोग गरेर बनेको गीत
१०. एउटा गीतमा धेरै थरिका रुख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत
११. एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर गीत बनाएको
१२. संसारमा सबैभन्दा सानो आकारको गीति पुस्तक (२ बाई २ इन्च)
१३. आठ वटा उपन्यास समावेश गरी बनाइएको एउटै पुस्तक संग्रह
१४. एकै दिन १९ वटा गीतिसंग्रह बिज्ञापन प्रकाशन गरेको।
१५. एकै दिन १९ ओटा सिडी एलबम धेरै पोष्टबक्समा खसालेको
१६.एउटै गीतको स्थाई र अन्तरा धेरै ब्यक्तिले एकै पटक पढेको
१७. आफ्नै शब्द रचनाको ३/२ को सबै भन्दा धेरै प्रकारको फ्लेक्स पोष्टर प्रकाशन गरेर एकसाथ सार्वजनिक गरेको।

यस अघि गिनिज वल्र्ड सहित १५ विधामा विश्व किर्तिमानी कायम गरेका उपाध्यायले आजसहित ३२ विधामा फकर फरक विश्व किर्तिमानी कायम बनाएका छन्।

नेपाली गीतसंगीतमा लागेकाहरुलाई यो खबर अत्यन्त सुखद पक्ष भएको सो कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चुडामणि गौतमले बताए।

किर्तिमानी गीतकार उपाध्यायले ब्यक्ति भन्दा पनि नेपाली गीतसंगीतलाई विश्व बजारमा पुर्‍याउँदै गिनिज, अमेरिकन वल्र्डबुक सहित सबै वर्ल्ड रेकर्डमा नेपालका नाम लेखाउन आफूले यस्तो कार्य गरेको बताए। यो रेकर्ड व्यक्ति नभएर देशको भएको उनको कथन थियो।

कार्यक्रममा डा. उपाध्ययको चार गीतिसंग्रह कर्तब्य बोध, धरोहर, सपनाको महल, हृदयको झँकार, सँंसारकै सानो गीति पुस्तक अनुभूतिको मझेरी पनि मन्त्री राय यादवले बिमोचन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .