राजनीति


अनशनरत युवाका माग पुरा गर्न गम्भीरता देखाउः कांग्रेस

अनशनरत युवाका माग पुरा गर्न गम्भीरता देखाउः कांग्रेस

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ११:१३,

नेपाली कांग्रेसले अनशनकारी युवाहरुका माग तत्काल पुरा गर्न सरकारसँग माग गरेको छ।

शुक्रबार विज्ञप्ति प्रकाशित गरी प्रवक्ता विश्व प्रकाश शर्माले युवाहरु अनशनमा बसेको बीस दिन पूरा भई सक्दा समेत संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन्।

‘विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका छन्। त्यही माग अघि सारेका छन् जो विगत देखि दल र सञ्चार माध्यमहरुले उठाउँदै आएका थिए’ प्रवक्ता शर्माले भनेका छन्, ‘सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहेका छन्। तर अनशनमा बसेको बीस दिन पूरा भई सक्दा संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद छ।’

कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा कार्य गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना भएको कांग्रेले बताएको छ।

कोरोना विरुद्धको संघर्षमा युद्धस्तरमा कार्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुरुवात देखिनै विभिन्न सुझाव र माग अघि सार्दै आएको प्रवक्ता शर्माले स्मरण गराएका छन्।

पर्याप्त स्वास्थ सामग्री ब्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कार्वाही, समुदाय स्तरमा व्यापक पीसीआर परीक्षण, आरडीटी खारेजी, मापदण्ड अनुसार क्वारेन्टाइन ब्यवस्थापन, कोभिड अस्पतालहरु विस्तार, आइसोलेसन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक ब्यवस्था, विदेशमा अप्ठ्यारोमा परेकालाई निःशुल्क उद्वार, सिमानाकामा कडाई, श्रमिक, बेरोजगार र विद्यार्थीलाई राहत लगायतका मागहरू वक्तव्य, प्रत्यक्ष संवाद, संसदमा ध्यानाकर्षण देखि स्वदेश–विदेशबाट एकसाथ ज्ञापनपत्र मार्फत नेपाली कांग्रेसले निरन्तर सरकार समक्ष प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .