काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा १०६ कोरोना संक्रमित थपिएको बताए।
प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ९२, ललितपुरमा १० र भक्तपुरमा ४ गरी १०६ संक्रमित थपिएका हुन्।
याेसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
याे पनि : पछिल्लो २४ घण्टामा ४६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२ हजार नाघ्यो
प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ,२१४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ३३० रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १५ हजार ८१४ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार अहिले देशभरि विभिन्न स्थानमा १० हजार २०५ जना क्वारन्टिनमा छन्।
याे पनि : थप ४२५ कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुग्यो

प्रतिक्रिया