कारोबार


बिध ल्याबमा अनलाइन भुक्तानी गर्दा थप २ सय छुट

बिध ल्याबमा अनलाइन भुक्तानी गर्दा थप २ सय छुट

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ११:१५,

सरकारले तोकेभन्दा कम मूल्यमा कोरोना भाइरसको परीक्षण गरिरहेको ‘बिध ल्याब’ले शुल्क भुक्तानीका लागि अनलाइन पेमेन्टको सुविधा अपनाएको छ।

अब सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित भइरहनुपर्नेछैन। ‘इ–सेवा’ वा ‘खल्ती’मध्ये कुनै पनि माध्यमबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

कोरोना भाइरसको परीक्षणका लागि नेपाल सरकारबाट मान्यताप्राप्त ‘बिध ल्याब’ले तोकिएको शुल्कभन्दा कम अर्थात् ४ हजार रुपैयाँमा कोरोना परीक्षण गर्नेछ। अब अनलाइनबाट रकम भुत्तानी गर्दा ३८ सय रुपैयाँमै परीक्षण गर्न पाउनेछन् भने स्वाब समेत बिध ल्याबले संकलन गरेका ४३ सय रुपैयाँ तिरे पुग्नेछ। ल्याबले परीक्षणको नतिजा पनि छिटो छरितो रुपमा उपलब्ध गराइरहेको छ।

‘परीक्षण गरेको चार घण्टामा नै हामी नतिजा उपलब्ध गराउँछौँ’, भण्डारीले भने। यस ल्याबले एक दिनमा ४२ सय जनाको कोभिड परीक्षण गर्ने क्षमता छ। विध ल्याब ललितपुरको कुपण्डोलमा सञ्चालित छ।

विध म्यानेजमेन्ट प्रालिलाई नेपाल सरकारले साउन १३ गतेदेखि कोभिड ल्याब सञ्चालनका लागि अनुमति दिएको हो।

‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क तिर्न सकिने गरी व्यवस्था गरेका हौं’, बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारीले भने, ‘यसका लागि इ–सेवा र खल्तीसँग सहकार्य गरिएको छ। अन्य अनलाइन सेवा प्रदायकसँग समेत सहकार्य गर्ने तयारी रहेको छ। जसबाट रकम भुक्तानी गर्दा सेवाग्राहीले थप २०० क्यास ब्याक पाउनेछन।’

पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलिनसक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको उनले बताए। विज्ञहरुले पैसाको कारोबार गर्दा यही माध्यमबाट एकअर्कामा कोरोना सर्न सक्नेतर्फ सचेत गराउँदै आएका छन्।

न्युयोर्क युनिभर्सिटीको एक अध्ययनअनुसार पैसामा सूक्ष्म जीव सुरक्षित रहनसक्छ। पैसामा तीन हजारभन्दा बढी प्रकारका कीटाणु रहने गरेका छन्। जोसुकै व्यक्तिले जस्तोसुकै अवस्थामा पैसा बोक्ने र प्रयोग गर्ने भएकाले यस माध्यमबाट कोरोना भाइरस समेत सर्नसक्नेबारे सतर्क गराउँदै आइएको छ।

पैसाको माध्यमबाट कोरोना सर्ने खतरा भएपछि गएको फागुन महिनामा चीनमा करोडौं नगद नष्ट गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .