ad ad

राजनीति


नेकपा विवादबारे डा. भट्टराईको कटाक्ष : प्रचण्ड जनयुद्धकै नायक हुन् त !

नेकपा विवादबारे डा. भट्टराईको कटाक्ष : प्रचण्ड जनयुद्धकै नायक हुन् त !

नेपालखबर
साउन १९, २०७७ सोमबार ४:२,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जारी विवादबारे जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष प्रचण्डप्रति कटाक्ष गरेका छन्।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अगाडि निरीह बनेको भन्दै डा. भट्टराईले ट्विटमार्फत प्रचण्डलाई व्यंग्य गरेका हुन्।

‘पद स्वेच्छाले छाडेर निकास दिन आग्रह’ रे! भोलि ओलीका चरणमा धूपबत्ती गर्ने हो कि? ओली बरू आफ्नो निरंकुशरफासिस्ट सोचरअडानमा दृढ देखिए,’ भट्टराईले ट्विट गरेका छन्, ‘ लुई चौधौंले I am the state (म नै राज्य हुँ) भनेझैं ओली हाकाहाकी I am the Party (म नै पार्टी हुँ) भनिरहेछन्। तर प्रचण्डको पानीआन्द्रे हर्कत देख्दा यी जनयुद्धकै नायक हुन् त? शंकै लाग्यो!

Screenshot 146

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .