छापा खबर


ठेगाना ढाँट्दै नेपाल आउँछन् भारतीय

ठेगाना ढाँट्दै नेपाल आउँछन् भारतीय

नेपालखबर
साउन १९, २०७७ सोमबार ३:२३,

सीमा नाका बन्द भएकै बेला मोरङ रानीका एक स्थानीयले आँखाका बिरामीलाई विराटनगरस्थित विराट नर्सिङ होम अस्पतालमा पुर्‍याए। अस्पतालका कर्मचारीले ठेगाना सोध्दा बिरामी केही बोलेनन्, बरु सँगै जानेको मुखतर्फ हेरे।

बिरामी लिएर जानेले ठेगाना रानी बताए। अस्पतालका कर्मचारीले केरकार गर्दा थाहा भयो उनी त भारतबाट आएका रहेछन्। एक कर्मचारीले भने, ‘केरकार गरेपछि भारतीय भन्ने थाहा पाएपछि फर्कायौं।’

यो प्रतिनिधि घटना मात्रै हो। विराटनगर र आसपासका अस्पतालमा भारतीय नागरिक ठेगाना लुकाउँदै उपचार गर्न आउने गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विराटनगरबाट रविन भट्टराईले लेखेका छन्।

उनीहरूलाई अस्पतालसम्म पुर्‍याउन सीमा क्षेत्रका नेपालीले नै सहयोग गरेको पाइएको छ।

सीमा नाकामा कडाइ नहुँदा नेपालीलाई पैसाको प्रलोभन देखाएर धेरै भारतीय नेपालतर्फ आउने गर्छन्। ‘उपचार गर्न आउनेको परिचयपत्र माग्ने कुरा भएन, हेर्दा भारतीय हो भन्ने चिनिँदैन’, विराट नर्सिङ होमसँगै फार्मेसी सञ्चालक विष्णु यादवले भने, ‘सिमानामा कडाइ नै छैन, संक्रमण उनीहरूले नै सारे।’

मुख्य नाकामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरे पनि छोटी नाकासहित खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपाल छिर्नेको संख्या घटेको छैन। कपडा, सुर्तीजन्य पदार्थलगायत सामान नेपाल छिराउनेदेखि भारतीय नागरिक नेपालका अस्पताल आउने क्रम नरोकिएको मोरङ रानीका सहिन्द्र ठाकुरले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad