ad ad

राजनीति


‘ठोस सहमति’का लागि ओली–प्रचण्ड–झलनाथ बिहानै बालुवाटारमा

‘ठोस सहमति’का लागि ओली–प्रचण्ड–झलनाथ बिहानै बालुवाटारमा

नेपालखबर
साउन १९, २०७७ सोमबार ४:१३,

आइतबारको बैठकमा कुनै सहमति नभएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड सोमबार बिहानै बालुवाटारमा छलफलमा जुटेका छन्।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन्। बिहान सवा ९ बजेदेखि जारी छलफल महिना दिनभन्दा बढी समयदेखि पार्टीभित्र भइरहेकाे गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ।

'उहाँहरु छलफलमा हुनुहुन्छ,' स्रोतले नेपालखबरसँग भन्यो, 'विवाद समाधानका लागि ठोस सहमति गर्न प्रयत्न भइरहेको छ।'

आइतबार भएको छलफलमा ओली-प्रचण्ड दुवैले आआफ्ना अडान नछाडेपछि सहमति हुन सकेको थिएन।

जारी विवाद स्थायी कमिटी बैठकबाट टुंगो लगाउने कि सचिवालयबाट भन्नेमा कुरा नमिलेको हो।

प्रधानमन्त्री र अध्यक्षमध्ये एउटा पदबाट राजीनामा दिन ओलीले अस्वीकार गरिरहेका छन्।

याे पनि :

ओलीसँगको टक्करले बदलिदियो माधव नेपालको पहिचान

नेकपा विवादबारे डा. भट्टराईको कटाक्ष : प्रचण्ड जनयुद्धकै नायक हुन् त !

गौतम र थापाको साथ पाउने संकेतसँगै प्रचण्डलाई ओलीको प्रस्तावः सचिवालय बैठकबाटै विवाद सल्ट्याऔँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .