ad ad

राजनीति


नेकपा केन्द्रीय कमिटी बैठक माग गर्दैै १५० सदस्यको हस्ताक्षर महासचिवलाई

नेकपा केन्द्रीय कमिटी बैठक माग गर्दैै १५० सदस्यको हस्ताक्षर महासचिवलाई

नेपालखबर
साउन १४, २०७७ बुधबार १०:१८,

पार्टीभित्र देखिएको विवाद अन्त्य गर्नको लागि तत्काल केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपाका केन्द्रीय सदस्यहरुले हस्ताक्षर बुझाउने भएका छन्।

डेढसय जनाको हस्ताक्षर पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बुझाउन लागिएको केन्द्रीय सदस्य हिमाल शर्माले नेपालखबरलाई जानकारी दिए ।

‘बुधबार अपरान्ह साढे ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेललाई हस्ताक्षर बुझाउँदैछौं,’ शर्माले नेपालखबरसँग भने, ‘हामीले कुनै व्यक्ति भन्दा पनि पार्टीलाई बुझाउन लागेका हौं।’

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा मंगलबारका लागि तय गरेको स्थायी कमिटीको बैठक स्थगित गरेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीका बहुमत सदस्य राखेर बालुवाटारमै बैठक चलाएका थिए।

त्यसले पार्टीभित्र फरक अभ्यास भएको र विभाजनको संघारमा जाने खतरा बढेपछि विवाद समाधानका लागि केन्द्रीय कमिटीको बैठक माग गरिएको उनीहरुले बताएका छन्।

यसअघि बैठक छिटो बोलाउन माग गरेर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र वरिष्ठ नेताहरुलाई पनि हस्ताक्षर बुझाउने योजना रहे पनि पार्टीमा विवाद गहिरिन थालेका भन्दै बुधबार महासचिवमार्फत हस्ताक्षर बुझाउन लागिएको हो।

असार १० गतेदेखि बसेको स्थायी कमिटीको बैठकमा एजेण्डामा छलफल नै नभई पार्टीभित्र तीव्र मतभेद देखिन थालेपछि नेताहरुले पार्टी एकतालाई जोगाइराख्न भन्दै केन्द्रीय कमिटी बैठकको माग गरेका बताएका छन्।

सरकार र पार्टी सञ्चालन गर्न ओली असफल भएको भन्दै स्थायी कमिटीको बैठकमा उनको राजीनामा माग भएको छ।

आफ्नो राजीनामा माग भएपनि ओलीले नदिने अडान लिएका छन्।

नेकपाको अन्तरिम विधानले २५ प्रतिशत सदस्यले माग गरे बैठक बोलाउनै पर्ने व्यवस्था गरेको छ। यसअघि माघको १५ देखि १९ सम्म काठमाडौंमा नेकपाको केन्द्रीय कमिटी बैठक बसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .