ad ad

समाज


सुदूरपश्चिममा थपिए ५७ संक्रमित, डोटीकाे एकै गाउँपालिकाका ३७ जना

सुदूरपश्चिममा थपिए ५७ संक्रमित, डोटीकाे एकै गाउँपालिकाका ३७ जना

नेपालखबर
साउन १४, २०७७ बुधबार १०:०,

सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ महिला र ३८ पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बता।

उनका अनुसार डोटीका ३७, कैलालीका ८, कञ्चनपुरका ८ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको हो।

बुधबार सबैभन्दा बढि डोटीको आदर्श गाउँपालिकामा ३७ जनामा कोरोना देखिएको छ। उनीहरु मध्ये १४ महिला र २३ पुरुष रहेका छन्। चार जना भने एक वर्षमुनिका बालबालिका रहेका छन्।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका चार पुरुष र एक महिला गरी पाँच जना, बेलौरी नगरपालिकाका दुई पुरुष र एक महिला गरी तीन जनामा पनि संक्रमण पुष्टि भएको छ।

कैलालीको भजनी नगरपालिकाका तीन पुरुष र दुई महिला गरी पाँच जना, बर्दगोरीया गाउँपालिकाका दुई पुरुष र एक महिला गरी तीन जना र डडेल्धुराको परशुराम नगरपालिकाका चार पुरुषमा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्टले बताए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय ८४ पुगेको छ। तीमध्ये दुई हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .