ad ad

राजनीति


‘इनफ इज इनफ’ का पाँच अभियन्ता गृह मन्त्रालयबाट पक्राउ

‘इनफ इज इनफ’ का पाँच अभियन्ता गृह मन्त्रालयबाट पक्राउ

नेपालखबर
साउन १४, २०७७ बुधबार ९:९,

गृह मन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गर्न गएका ‘इनफ इज इनफ’ अभियानका ५ अभियन्ता पक्राउ परेका छन्। 

उनीहरुलाई गृह मन्त्रालयबाटै पक्राउ गरिएको अभियानले जनाएको छ। पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठलगायत छन्।

पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको र उनीहरुले सोही स्थानबाट अनसनको घोषणा गरेका विवेकशील नेपाली दलका आलोक सुबेदीले बताएका छन्।

पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै अभियानका दुईजना अभियन्ता ‘ई’ र समाइरा श्रेष्ठले १२ दिनदेखि वसन्तपुरमा अनसनरत छन्। उनीहरुकाे याे दाेस्राे चरणकाे अनसन हाे। यसअघिकाे सत्याग्रहका क्रममा सरकारसँग गरिएकाे सम्झाैता कार्यान्वयन नभएकाे भन्दै उनीहरु अनसन बसेका हुन्।

अभियन्ताहरुले स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिव लगायत विरुद्ध अख्तियारमा उजुरीसमेत दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .