ad ad

राजनीति


पुराना नेतालाई कारबाही गरेर नयाँ प्रवेश गराउनु अनुचितः प्रकाशमान

पुराना नेतालाई कारबाही गरेर नयाँ प्रवेश गराउनु अनुचितः प्रकाशमान

नेपालखबर
साउन १४, २०७७ बुधबार ८:५१,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको टिप्पणी गरेका छन्।

तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य विग्रेको नेता सिंहले बताए। पार्टीको विधान र नियमावलीले निर्देशित गरे अनुरुप काम नगर्दा पार्टी अप्ठेरो अवस्थामा पुगेको उनको भनाई थियो।

उनले भने, ‘१३औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीले निर्वाचित भइसकेपछि आउने जिम्मेवारी र नेपाली कांग्रेसको विधान र नियमावलीले निर्देशित गरेको काम, कर्तव्य र अधिकार विशेष गरेर पार्टी सभापतिले विधानले गाइड गरे अनुसार गर्नुपर्ने काम कर्तव्य र अधिकारमा उहाँ चुकेको देखिएको छ। पार्टी सभापति जिम्मा लिएको व्यक्तिले काम गर्न नसकेको कारणले गर्दाखेरी अहिले पार्टीको स्वास्थ्य ठिक नभएको देखा परेको छ।’

नेता सिंहले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएपनि पजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको बताए। उनले पार्टी प्राजातान्त्रिक मूल्य मान्यता अनुसार चल्न नसकेको स्वीकार गरे। महाधिवेसनको विधि र प्रक्रिया जिल्ला र स्थानीय तहमा सुरु भइसक्दा अनुशासनको कारबाही अगाडि बढाउन नहुने उनले बताए। पार्टीको विधान अनुसार अनुशासनमा नरहने व्यक्तिलाई कारबाही गर्ने कुरा ठिक भएपनि पार्टी सभापतिले समयको ख्याल गर्न नसकेकोे बताए।

उनले पार्टी भित्रका पुराना नेताहरुलाई कारबाही गर्ने अन्यलाई प्रवेश गराउने खेलमा सभापति लागेको बताए। पार्टी प्रवेश गराउने र कारबाही गर्ने काम समय अनुसार ठिक नभएको उनले बताए।

उनले भने, ‘ठिक छ अरु पार्टीबाट प्रवेश गराउने राम्रै कुरा हो तर अहिले समय कस्तो भयो भन्दाखेरी अब टेस्टेड पुराना नेताहरुलाई कारबाही गरेर पार्टीबाट निकाल्ने र अरुहरुलाई प्रवेश गराउने। प्रवेश त गराउनुपर्छ ठिक छ तर यो जुन समय हो ठिक भएन।’

नेतृत्वले राम्रोसँग काम गर्न नसक्दा निर्वाचनमा पराजित हुनुपरेकाले एकपटक फेल भएको नेतृत्वलाई फेरि अवसर दिन नहुने नेता सिंहले बताए।

उनले भने, ‘नेतृत्वले समयको माग बमोजिम सबल नेतृत्व दिन नसकेको कारणले कांग्रेस सेटब्याक निर्वाचनमा भएको छ। अब यसलाई ओभरकम गर्नलाई हामीले के गर्नुपर्‍याे भन्दाखेरी १४ औं महाधिवेशनमा फेल भइसकेको नेतालाई फेरि दोहोर्‍याउनु हुँदैन।’

२०४६ साल यताका सबै नेतृत्वहरु शक्ति र सत्ताको खेलामा लागेकाले पार्टी कमजोर बनेको नेता सिंहले बताए। कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्दा पनि शक्ति र सत्ताको खेलमा नेताहरु लाग्दा कांग्रेस दुराअवस्थामा पुगेको उनको भनाई छ।

नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वको सरकारको औचित्य नरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .