ad ad

समाज


मुम्बईका झुपड बस्तीको आधा जनसंख्यालाई कोरोना संक्रमणः अध्ययन

मुम्बईका झुपड बस्तीको आधा जनसंख्यालाई कोरोना संक्रमणः अध्ययन

नेपालखबर
साउन १४, २०७७ बुधबार ९:१४,

भारतको महाराष्ट्र राज्यस्थित मुम्बई सहरको झुपड बस्तीमा बस्ने आधाभन्दा बढी मानिसलाई कोरोना संक्रमण भएको एक अध्ययनले देखाएको छ।

यसले सरकारले देखाएको आधिकारिक संख्यामा सन्देह पैदा गरेको छ।

मुम्बईको जम्मा जनसंख्या २ करोड छ। जसको ४० प्रतिशत जनसंख्या झुपडबस्तीमा बस्छ। भारतकै सबैभन्दा ठूलो झुपडबस्ती धारावीमा १० लाख मानिस बस्ने अनुमान गरिन्छ।

यस्ता झुपड बस्तीमा बस्ने ६ हजार ९ सय ३६ जनाको नमुना संकलन गरी कोरोना परीक्षण गर्दा उनीहरुको शरीरमा भाइरसको एन्टीबडी फेला परेको थियो।

सहरका अन्य बासिन्दामा भने १६ प्रतिशतमा यस्तो एन्टीबडी फेला परेको छ।

मुम्बई सहरका अधिकारीहरुले गरेको यो अध्ययनको नतिजा मंगलबार सार्वजनिक गरिएको हो।

यद्यपि, मुम्बईका झुपडवस्तीको मृत्युदरमा भने अस्वभाविक वृद्धि नदेखिएको जनाइएको छ।

सरकारले मुम्बईको झुपडबस्तीमा १ लाख १० हजारमा संक्रमण र ६ हजारको मृत्यु भएको जनाएको छ। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .