बुधबार पाँच राफेल युद्धक विमानहरु हरियाणाको अम्बला एयर बेसमा अवतरण गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
यी विमानहरु फ्रान्सबाट ७ हजार किलोमिटर पार गर्दै भारत आइपुगेका हुन्।
चीनसँगको सीमा विवाद जारी रहँदा भारतले फ्रान्सबाट खरिद गरेका राफेल युद्धक विमानहरु भारत पुगेका हुन्।
भारतले सन् २०१६ मा फ्रान्सलाई ३६ वटा राफेल युद्धक विमान बनाउन भनेको थियो। यी विमानहरुको मूल्य ५९ करोड रुपियाँ भएको बताइएको छ।
भारतले फ्रान्सबाट पुरा विमानहरु सन् २०२१ सम्ममा प्राप्त गरिसक्नेछ।
5 Rafale jets touch down at Ambala air base, raise IAF’s ability to strike backhttps://t.co/bqX2whlbM1 pic.twitter.com/YDljmqoUD3
पाँच राफेल युद्धक विमानहरु भारतको हवाई क्षेत्रमा प्रवेश गरेसँगै दुई एसयू–३० युद्धक विमानले ती विमानहरुलाई सुरक्षा प्रदान गरेको थियो।
यो पनिः भारतको राफेल र चीनको जे–ट्वान्टीमध्ये कुन युद्धक विमान शक्तिशाली?
Shares

प्रतिक्रिया