नेपाल कम्युनिस्ट पार्टी माओवादी नाम गरेकाे पार्टीले ‘नेपालको राजनीति गम्भीर संकट’ मा फस्दै गएको उल्लेख गर्दै आफू अन्तिम युद्धको तयारीमा रहेको चेतावनी दिएको छ।
‘अध्यक्ष कमरेड नेपाल’को हस्ताक्षरमा विज्ञप्ति जारी गर्दैै उक्त पार्टीले सरकारका पछिल्ला गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
आइतबार प्रकाशित विज्ञप्तिमा उसले स्थानीय स्तरदेखि केन्द्रसम्म भ्रष्टाचार र बेथिति बढेकाले त्यस्ता कार्यक्रममा संलग्न जनप्रतिनिधि तथा मन्त्रीलाई जनकारबाही गर्ने चेतावनी दिएको हो।
‘हाम्रो पार्टीले यिनी र यस्ता गतिविधिमा संलग्न मन्त्री या कर्मचारी जनप्रतिनिधिलाई जनकारबाही गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तिम युद्ध बाँकी नै छ, यसर्थ सबै नेपाली जनतामा विशेष विशेष आह्वान गरिरहेका छौं।’
हेर्नुहोस्, विज्ञप्ति :
प्रतिक्रिया