ad ad

कला


कसैको दास हुन चाहन्नँ भन्दै यी भारतीय नायिकाले गरिन् आत्महत्या प्रयास

कसैको दास हुन चाहन्नँ भन्दै यी भारतीय नायिकाले गरिन् आत्महत्या प्रयास

नेपालखबर
साउन १२, २०७७ सोमबार ५:५,

दक्षिण भारतकी अभिनेत्री विजयलक्ष्मीले आत्महत्या प्रयास गरे पनि बाँच्न सफल भएकी छन्।

एक फिल्मीकर्मीको समूहले दिएको मानसिक यातनाका कारण उनले रक्तचाप कम गर्ने औषधि खाएर आत्महत्याको प्रयास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

टाइम्स अफ इन्डियका अनुसार तर समयमै उद्धार गरिएकाले उनी बाँच्न सफल भएकी हुन्। अहिले एक अस्पतालमा उनको उपचार भइरहेको छ। अवस्था सुधार हुँदै गएको छ।

आत्महत्या प्रयास गरेका बेला नायिका विजय लक्ष्मीले सामाजिक सञ्जालमा एक भीडिओ सार्वजनिक गर्दै पूर्वतमिल फिल्मकर्मी तथा राजनीकर्मी सिमन तथा उनको राजनीतिक पार्टीका कार्यकर्ताले गरेको अपमान र दिएको तनावका कारण आफू आत्महत्या गर्ने निर्णयमा पुगेको बताएकी छन्।

‘मेरो आमा र बहिनीका लागि यो समयसम्म बाँच्ने कोसिस गरें तर हालै हरिन्द्रले मलाई सञ्चारमाध्यममा अपमानित गरे। मैले रक्तचापको केही गोली खाएको छु, केही समयपछि म न्यून रक्तचापबाट पीडित हुनेछु र केही घण्टामा मरिसक्नेछु, भीडीओमा विजय लक्ष्मीले भनेकी छन्।

तमिलवादी नेता सिमन, श्रीलंकामा स्वायत राज्यका लागि लामो समय सशस्त्र संघर्ष गरेको तमिल इलम लिट्टेका कट्टर समर्थकका रूपमा चिनिन्छन्।

‘महिलाका रूपमा जतिसक्ने हो सहें, अब धेरै दबाब झेल्न सक्दिनँ, विजय लक्ष्मीले भनेकी छन्, ‘म पिल्लाई समुदायबाट हुँ, जुन समुदायबाट लिट्टेका नेता प्रभाकरण पनि पर्छन् । प्रभाकरणका कारण मात्र आज सिमनको अस्तित्व छ तर उनले मलाई सामाजिक सञ्जालमा निरन्तर सताइरहेका छन्।’

नेता सिमनले आफूलाई अपमानित गरेर मानसिक यताना दिएको र आफू के गर्ने भन्ने निर्णय गर्न नसकेको उनले उल्लेख गरेकी छन्।

‘म मेरा प्रशंसकलाई यो मुद्दाबाट सिमनलाई छुट्कारा नदिन अनुरोध गर्छु, उसले कहिले पनि जमानत पाउनु हुँदैनु, उनले भनेकी छन्, ‘मेरो मृत्यु सबैका लागि आँखा खोल्ने माध्यम हुनेछ। म कसैको दास हुन चाहन्नँ।’

कन्नड भाषाका फिल्ममा सक्रिय अभिनेत्री विजयलक्ष्मीले दक्षिण भारतीय राज्यमा तमिल र मल्यालम भाषाका चलचित्रमा पनि अभिनय गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .