राजनीति


अदालतको आदेश र चेपाङको हत्याप्रति नेकपा प्रवक्ताको टिप्पणी– हद भयो, असह्य भयो

अदालतको आदेश र चेपाङको हत्याप्रति नेकपा प्रवक्ताको टिप्पणी– हद भयो, असह्य भयो

नेपालखबर
साउन ११, २०७७ आइतबार १०:१६,

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पछिल्लो समय अदालतका फैसला, राज्य प्रशासनका गतिबिधिहरुका कारण गम्भीर प्रश्न उठेको भन्दै यस्तो किन भइरहेछ भनी सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरेका छन्।

उनले अदालतका पछिल्ला आदेशहरुका कारण व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको र चितवनका चेपाङबस्तिका सुकुम्बासीका झुप्रामा आगो लगाएको घट्ना र चेपाङ युवाको हत्याले आफूलाई असह्य भएको बताएका छन्।

‘के हुदैछ यस्तो? न्यायालय र सिङ्गै राज्य प्रणाली र व्यबस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिदैछ? बास र छाक टार्ने समस्याबाट पीडित गरीब चेपाङ युवाको हत्या सँवेदनशील सुरक्षा अङ्गबाट नै दर्दनाक ढङ्गले पिटी पिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ? कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छ? हद भयो, असह्य भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न्याय स्थापित होस् र दोषी माथि कार्बाही होस्।’

उनले यी अवाजलाई समयमै सम्बोधन गर्न र राज्यका अङ्गहरुको लोकतन्त्र अनुरुप पुनसंरचना गरी लोकतन्त्रलाई ब्यबहारतः अभ्यास गर्न तथा सोहिअनुसार बिकास गर्नुपर्ने बताएका छन्।

‘अन्यथा निराशा, आक्रोश, अनिश्चय र तरलताको परिणाम के होला? समयमै सबैले सोचौं,’ उनले भनेका छन्, ‘परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad