नेपाल वायुसेवा निगमले यही १२ गते गर्ने भनिएको बेंगलोर–काठमाडौं उद्धार उडान दुई दिन पछि सरेको छ।
निगमले सूचना जारी गरी १४ गतेलाई उक्त उद्धार उडान सारिएको जनाएको हो।
निगमले यात्रुमा पर्न गएको असुविधाको लागि माफी समेत मागेको छ।
‘यसबाट यात्रुवर्गलाई पर्न गएको असुविधामा निगम क्षमा प्रार्थी छ’, सूचनामा भनिएको छ, ‘निगमका उद्दार उडान तालिका र भाडादरसम्कन्धी जानकारी चाहिएमा निगमको निम्न नं ४२४८६१४, ४२४८६२५ मा सम्पर्क गर्नुहुन तथा निगमको वेवसाइटमा हेर्न हुन समेत अनुरोध गरिन्छ।’
निगमले लकडाउन भए पनि विभिन्न देशमा अलपत्र नेपालीलाई उद्धार उडानमार्फत नेपाल ल्याउँदै आएको छ।
3
Shares

प्रतिक्रिया