कारोबार


सेयरबजारमा १ अर्ब ९४ करोडको कारोबार, कुन कम्पनीका लगानीकर्ताले कमाए?

सेयरबजारमा १ अर्ब ९४ करोडको कारोबार, कुन कम्पनीका लगानीकर्ताले कमाए?

नेपालखबर
साउन ११, २०७७ आइतबार १०:१६,

आज सेयरबजारमा १ अर्ब ९४ करोड रुपैयाँ कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २२.४० अंकले र सेन्सिटिभ सूचक ३.५९ अंकले बढेको हो।

साताको पहिलो कारोबार दिन १ सय ९० कम्पनीको ४५ लाख कित्ता सेयर बिक्री भएका छन्। बजार खुलेयता बन्द हुनुअघि ३२ हजार ८ सय ३६ पटक सेयर खरिदबिक्री भएका थिए। कारोबार भएका १२ समूहमध्ये होटल, ऊर्जा र म्युचुअल फन्डबाहेक बाँकी समूहको कारोबार सूचक बढेको छ। आज बीमा सूचकहरु उच्च अंकले बढेका छन्।

सबैभन्दा बढी कारोबार आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ। उसको २५ करोड ८४ लाखको, नेपाल पुनर्बीमा कम्पनीको १९ करोडको, एनआईसी एसिया बैंकको ८ करोड ६१ लाखको, शिखर इन्स्योरेन्सको ८ करोड ५७ लाखको, एनएमबी बैंकको ६ करोड ६७ लाखको र हिमालयन डिस्टिलरीको ६ करोड ४४ लाखको सेयर कारोबार भएको छ।

तर आज कमाउनेमा भने मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ता छन्। कम्पनीको सेयर प्रतिकित्ता ६८ रुपैयाँले बढेको छ। त्यस्तै, तारागाउँ रिजेन्सी होटलका सेयरधनीले पनि कमाएका छन्। त्यस्तै जोशी हाइड्रोपावरका सेयरधनीले पनि कमाएका छन्।

गुमाउनेमा भने बेस्ट फाइनान्स कम्पनी, नेशनल हाइड्रोपावर कम्पनीलगायतका सेयरधनीले भने आज घाटा व्यहोरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad