राजनीति


अमेरिकी राजदूतले रक्षामन्त्रीलाई सोधे- एमसीसीबारे आन्तरिक तयारी के हुँदै छ?

अमेरिकी राजदूतले रक्षामन्त्रीलाई सोधे- एमसीसीबारे आन्तरिक तयारी के हुँदै छ?

नेपालखबर
साउन ११, २०७७ आइतबार ८:२४,

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा नेपाल सरकारले गरिरहेको कामबारे अमेरिकाले चासो राखेको छ।

आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन्।

सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदुत बेरीले भेट गरेका हुन्।

गत जेठ १६ गते संसदबाट पारित गरिसक्नुपर्ने भए पनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारीबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे बुझेका हुन्।

भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेका छ भन्दै चासो राखेको रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताए।

भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राखेको सहसचिव सुनारले बताए।

रक्षामन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको बताए। एमसीसीका विषयमा सरकारले गम्भीर छलफल गरिरहेका पोखरेलले बेरीलाई जानकारी गराएका थिए।

भेटमा बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढी जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजनाबारे पनि चासो राखेका थिए।

अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गरेका थिए।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad