कामना सेवा विकास बैंक लि. र नेपालको साङ्गीतिक क्षेत्रका प्रख्यात पप गायक, गीतकार तथा सङ्गीतकार सुगम पोखरेलबीच बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।
यो सम्झौतापश्चात बैंकको आधिकारिक आवाजको रुपमा गायक पोखरेलको आवाज रहनेछ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको गतिविधिहरुमा आफ्नो सुमधुर अवाज दिई बैंकको सारथिको भूमिका निर्वाह गर्ने स्वीकृति दिएकोमा गायक पोखरेलप्रति आभार प्रकट गरे। गायक पोखरेलले आफूलाई यो अवसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै आफ्नो तर्फबाट बैंकको ख्याति एवं श्रीवृद्धिमा जस्तोसुकै सहयोग गर्ने वचनबद्धता समेत व्यक्त गरे।
काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १ सय २४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया