राजनीति


रञ्जन काेइरालालाई सजाय छुट दिने प्रधानन्यायाधीशविरुद्ध महाभियोग माग गर्दै माइतीघरमा प्रदर्शन

रञ्जन काेइरालालाई सजाय छुट दिने प्रधानन्यायाधीशविरुद्ध महाभियोग माग गर्दै माइतीघरमा प्रदर्शन

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ३:१९,

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वाेच्च अदालतले आधाभन्दा बढी सजाय छुट दिँदै जेलमुक्त गराएपछि सरकारदेखि नागरिकसम्म विराेधमा उत्रिएका छन्। 

माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिनेहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’, ‘सर्वस्वसहित जन्मकैद भुक्तान गरिरहेका रञ्जन कोइरालालाई उन्मुक्तिको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाऊ’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए।

No description available.

प्रदर्शनमा सहभागी मृतक गीता ढकालका बुबा हरेराम ढकालले अदालतको निर्णय त्रुटिपूर्ण भएकाले त्यसमा पुनरावलोकन हुनुपर्ने बताए।

श्रीमती गीता ढकालको हत्या कसुरमा जिल्ला र उच्च (तत्कालीन पुनरावेदन) अदालतले कोइरालाविरुद्ध सर्वस्वसहित जन्मकैद (२० वर्ष) जेल सजाय ताेकेका थिए।

तर गत असार १५ गते सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ११ वर्ष जेल सजाय छुट दिएपछि काेइराला बिहीबार जेलमुक्त भएका हुन्।

No description available.

यसविरुद्ध पुनरवलोकन माग गर्दै सरकारका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गराइसकेको छ भने राजनीतिक दल तथा नागरिक पनि विरोधमा उत्रिएका छन्।

उक्त फैसलाविरुद्ध अहिले शीर्ष नेतादेखि नागरिक सम्मका सामाजिक सञ्जाल तीव्र आक्रोशले भरिएका छन्। प्रधानन्यायाधीशकै नियतप्रति प्रश्न उठाइएको छ। उनलाई महाभियोग लगाउनुपर्नेसम्म माग उठेकाे छ। 

No description available.

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले त दुई दुईवटा ट्विट गरेर विराेध जनाएका छन्। पूर्वडीआईजी काेइरालालाई सजाय छुट दिने न्यायाधीशविरुद्ध महाभियोग लगाउनुपर्ने माग उनले गरेका छन्।

No description available.

डा. भट्टराईले ट्विट गरेका छन्, ‘अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ।’ 

 

 

यस्तै साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पनि ट्विट गर्दै भनेका छन्, ‘न्यायलयमाथि हस्तक्षेप गर्ने राजनीतिले कहिल्यै देश, जनता र लोकतन्त्रको भलो गर्दैन। न्याय मर्नु भनेको मानवता मर्नु हो।’

 

यस्तै नेकपा नेतृ रामकुमारी झाँक्रीले पनि यो घटनाले न्यायालयले विवेक प्रयोग गर्छ भन्ने मान्यता नराम्रोसँग खण्डित भएको बताएकी छन्। ट्विटरमा उनले लेखेकी छन्, ‘अदालतप्रति जनताको विश्वास मर्न नदिन यो मुद्दाको न्यायिक पुनरावलोकन होस्।’

यस्तै जुगल भुर्तेलले सजाय छुट दिने फैसलाको प्रतिलिपि सार्वजनिक गर्दै प्रश्न गरेका छन्, ‘यो फैसलाले संसदमा व्यापक बहसको माग गर्छ। जघन्य अपराधमा कानुनअनुसार सजाय गर्ने हो कि न्यायाधीशको ‘चित्तमा लागे’ अनुसार?’

 

यस्तै पत्रकार बसन्त बस्नेतले पनि अड्डा अदालतमा ‘श्रीमान’हरूले आतंक मच्चाएको भन्दै आक्रोश पोखेका छन्।

यसैबीच पूर्वडीआईजी कोइराला रिहाइविरुद्ध नागरिकका तर्फबाट आज दिउँसो काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताइएको छ।

याे पनि:  काेइराला प्रकरणमा पीडित परिवारकाे गुनासाे: सर्वोच्चले गलत नजिर स्थापित गर्न खोज्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad