ad ad

राजनीति


देशभरका धार्मिक स्थलको जग्गा एकीन गर्न संसदीय समितिको निर्देशन

देशभरका धार्मिक स्थलको जग्गा एकीन गर्न संसदीय समितिको निर्देशन

नेपालखबर
साउन ८, २०७७ बिहिबार ११:३४,

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशभरका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको एकीन गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिले पशुपतिनाथ, चाँगुनाराण, लुम्बिनी, जानकी मन्दिर लगायत देशभरिका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको एकिन गर्न सरकारलाई निर्देशन दिएको हो।

धार्मिकस्थलहरुको जग्गा अतिक्रमण भएको पाइएमा योजनाअनुसार सम्बन्धित निकायको जिम्मा लगाउने कार्य अगाडि बढाउन पनि समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयलाई निर्देशन दिएको छ।

समिति सभापति पवित्रा निरौलाले परम्परागत सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालय र विश्वविद्यालयको पाठ्यक्रम विकास गर्दै दक्ष र व्यवहारिक कालिगढ उत्पादन गर्ने योजना बनाउन पनि निर्देशन दिएइको बताइन्।

समितिले पुरातात्विक महत्वका सम्पदा, प्राचिन स्मारक र अभिलेखहरुको संरक्षणमा खोज गरी गुरुयोजना निर्माण गर्न पनि निर्देशन दिएको छ। पुरातत्व विभागसँग सहकार्य गर्दै युनेस्कोको मापदण्ड अनुसार काम अघि बढाउन पनि निर्देशन दिएको छ।

यस्तै संघ प्रदेश र स्थानीय तहको समन्वयमा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण गर्दै समयअनुकुल ढंगले विकास गर्न पनि समितिले निर्देशन दिएको छ।

samittee.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .