ad ad

राजनीति


सत्याग्रही युवाहरूसँगको सम्झौता सरकारले अविलम्ब पालना गर्नुपर्छ : राणा

सत्याग्रही युवाहरूसँगको सम्झौता सरकारले अविलम्ब पालना गर्नुपर्छ : राणा

नेपालखबर
साउन ८, २०७७ बिहिबार ८:१९,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सत्याग्रही युवाहरूसँगको सम्झौता सरकारले अविलम्ब पालना गर्नुपर्ने बताएका छन्।

नागरिकलाई सरकारले छल गर्नु नहुने भन्दै राप्रपा अध्यक्ष राणाले सरकार आफ्नो वचन र निष्ठामा अड्नु बुद्धिमानी हुने टीप्पणी गरेका छन्।

‘सत्याग्रही, नागरिकलाई छल गर्नु सरकारको निष्ठा र बुद्धिमानी होइन। बन्दाबन्दी हट्दा संक्रमण झन् बढ्न सक्नेछ । यसैले कोभिड–१९ सबल व्यवस्थापनको बाचा सरकारले अविलम्ब पालना गर्न जरुरी छ,’ उनले भने।

कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै ‘इनफ इज इनफ’ अभियान संचालन गर्ने क्रममा यस अघि युवाहरूले १२ दिन सत्याग्रह गरेका थिए।

यस क्रममा सरकार र सत्याग्रहीबीच १२ बुँदे सम्झौता भएको थियो । तर, सरकारबाट सम्झौता पालना नभएपछि युवाहरू पुनः बसन्तपुरमा सत्याग्रहमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .