ad ad

समाज


विवादित क्षेत्रबाट चिनियाँ सेना नहटेपछि भारतको यस्तो तयारी

विवादित क्षेत्रबाट चिनियाँ सेना नहटेपछि भारतको यस्तो तयारी

नेपालखबर
साउन ८, २०७७ बिहिबार ८:१२,

उक्त झडपपछि सीमा विवादलाई कम गर्ने उद्देश्यका साथ दुवै देशका सेनाबीच वार्ता जारी छ। वार्तामा दुवै देशका सेनाबीच विवादित क्षेत्रबाट पछाडि हट्ने सहमति पनि जुटेको छ।

तर आफू विवादित क्षेत्रबाट पछाडि हटेपनि चिनियाँ सेनाहरु हट स्रिंग्स, पाङगोङ र देपसाङ क्षेत्रमा नै रहेको भारतीय अनुसन्धान एजेन्सीहरुले जनाएका छन्।

चिनियाँ सेनाले विवादित क्षेत्रबाट आफ्नो संख्या कम गरेपनि केही सेनाहरु सोही स्थानमै छन्।

द टाइम्स अफ इन्डियाका अनुसार चिनियाँ सेना सहमति अनुसार विवादित क्षेत्रबाट नहटेपछि भारतले पनि चिनियाँ खतरासँग जुध्न तयारी थालेको छ।

China refuses to reveal number of PLA troops killed in Galwan ...

भारतले आफ्ना सैनिकलाई पर्याप्त राशन र आवश्यक सामग्री पहिलेभन्दा दोब्बर पुर्याउन सुरु गरेको छ।

एक सैन्य अधिकारीलाई उदृत गर्दै द टाइम्स अफ इन्डियामा भनिएको छ,‘लद्दाखमा सामान्य हिसाबले एक वर्षमा ३० हजार मेट्रिक टक राशनको जरुरत पर्छ भने यसवर्ष त्यहाँ दोब्बर राशनको खाँचो छ किनभने त्यहाँ अतिरिक्त सेनाहरु तैनाथ गरिएको छ।’

बुधबार मात्र भारतका रक्षामन्त्री राजनाथ सिंहले चीन र पाकिस्तानी खतरासाग जुध्न भारतीय सेना तयार हुनुपर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .