राजनीति


आठ पटकको स्थगनपछि बल्ल बस्यो नेकपाको स्थायी कमिटी बैठक

आठ पटकको स्थगनपछि बल्ल बस्यो नेकपाको स्थायी कमिटी बैठक

नेपालखबर
साउन ६, २०७७ मंगलबार ७:१८,

लगातार ८ पटक बस्दै नबसी स्थगित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको नवौँ पटकमा भने बसेको छ।

 मंगलबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।

यसअघि मंगलबार (आज) बिहान ११ बजेको लागि तय गरिएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो।

असार १० गतेदेखि सुरु भएको बैठक असार १८ गते यता लगातार ८ पटक स्थगित भएको थियो।

सहमतिका लागि भन्दै यसअघि असार २०, २२ र २४, २६ र साउन २ गते दुईपटक र ४ गते दुई पटक बोलाइएको बैठक पनि स्थगित गरिएको थियो।

१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad