सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाधिवेशनको तयारीलाई पार्टीभित्र देखिएको विवादको निकासको सूत्र बनाउन आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै प्रवक्ता श्रेष्ठले पार्टी एकताको रक्षा यतिबेलाको बटमलाइन रहेको बताएका छन्।
उनले पार्टी एकताको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं बिस्तार, समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण भएका कारण यसको रक्षाका लागि पनि एकता बटमलाइन भएको बताए।
एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई पार्टीभित्र देखिएको निकासको सूत्र बनाउन समेत आग्रह गरेका छन्।
‘पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन हो। यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा,लोकतन्त्रको रक्षा एवं बिस्तार,समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो। तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ’, ट्विटरमा प्रवक्ता श्रेष्ठले लेखेका छन्।
पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो वटमलाईन हो।यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा,लोकतन्त्रको रक्षा एवं बिस्तार,समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो।तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी लाई निकासको सुत्र बनाऔँ।
— NKShresthaPrakash (@nksthaprakash) July 21, 2020१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।
असार १८ गतेपछि स्थायी समितिको बैठक बस्न सकेको छैन। सहमतिका लागि भन्दै यसअघि असार २०, २२ र २४, २६ र साउन २ र ४ गते बोलाइएको बैठक पनि स्थगित गरिएको थियो।
Shares

प्रतिक्रिया